• Menu

दाङबाट नेपालगन्जतर्फ आउँदै गरेको बस दुर्घटनामा, दुई जनाको मृत्यु

नेपाल प्रफिट

२०८१ भदौ १३, १५:१०

दाङबाट नेपालगन्जतर्फ आउँदै गरेको बस दुर्घटनामा, दुई जनाको मृत्यु

बाँके । राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा बिहिबार बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

दाङबाट नेपालगन्जतर्फ आउँदै गरेको भे१ख २१२८ नम्बरको यात्रुबाहक बस सडकमा अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उक्त दुर्घटनामा परी दाङ तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र तुलसीपुरकै बसका सहचालक २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको उनले बताए ।

बस अनियन्त्रित भएको बारे अनुसन्धान भइरहेको डाँगीले बताए । उक्त दुर्घटनामा घाइते भएकाहरुको नेपालगन्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।