काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने वादोरियो कराँते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खालाडिलाई बिदाइ गरेका छन् ।
मंगलबार अध्यक्षले प्रचण्डले खुमलटारमा आयोजित एक कार्यक्रममा उनीहरुलाई बिदाई गरका हुन् ।
अगस्ट २४ र २५ तारिखका दिन जापानको टोकियोमा हुने ‘नवौं वादोरियो कराँते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४’मा नेपालको तर्फबाट खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचनसहित ६ सदस्यीय टोली सहभागी हुँदैछन् ।
खेलाडीलाई बिदाइ गर्दै अध्यक्ष प्रचण्डले मेडल ल्याउन नेपाली खेलाडी सफल हुने विश्वास व्यक्त गरे । बिदाइ कार्यक्रममा नेपाल वादोरियो कराँते डो संघका केन्द्रीय पदाधिकारी, नेपाल कराँते महासंघका उपाध्यक्ष श्याम शेर्पा र सचिव बीआरलगायत सहभागी थिए ।