काठमाडौं । नयाँ किरण समूह (न्हू ज: खल) ले आयोजना गरेको रक्तदान कार्यक्रममा ८० जना रक्तदाताले रक्तदान गरेका छन् । संस्थाले ४१औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष डा. दिपेन्द्र श्रेष्ठले रक्तदान नै जीवन दान भएकाले पुण्य कर्मका लागि रक्तदान कार्यक्रम गरिएको बताए । संस्थाले स्थापना दिवसका अवसरमा हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको उनले जानकारी दिए ।
कार्यक्रममा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, वडा नम्बर २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष रमेश डंगोल, संस्थाका महासचिव विकास डंगोल, नेकपा एमालेका काठमाडौं जिल्ला दिपक निरौलालगायतको उपस्थिति थियो ।
न्हू ज: पुस्तकालय बहुदलअघि नेकपा एमालेले गोप्य ढंगले विभिन्न कार्यक्रम सञ्चालन गर्ने थलोका रुपमा उपयोग हुने गरेको थियो । पुस्तकालयमा एमालेका पार्टी बैठक पनि हुन्थ्यो । पुस्तकालय नेता पद्मरत्न तुलाधरले २०४० सालमा उद्घाटन गरेका थिए ।