भक्तपुर । भक्तपुरको गठ्ठाघरमा गुडिरहेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनापछि गठ्ठाघरको अवस्था तनावग्रस्त बनेको छ । आक्रोशित मानिसले विरोध प्रदर्शन गरिरहेका छन् । अहिले त्यो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहानसमेत भएको छ ।
बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना. ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्करबाट ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको हो ।
(पुरुषको मृत्यु भएकोमा असावधानीवस त्रुटि हुन गएकाले सच्याइएको छ । सं.)