• Menu

सुनसरीमा फरार प्रतिवादीबाट एक वर्षमा साढे ६ करोडभन्दा बढी राजस्व संकलन

नेपाल प्रफिट

२०८१ साउन २९, १०:२३

सुनसरीमा फरार प्रतिवादीबाट एक वर्षमा साढे ६ करोडभन्दा बढी राजस्व संकलन

सुनसरी । गत आर्थिक वर्ष २०८०/८१ मा फरार प्रतिवादीबाट सुनसरीमा ६ करोडभन्दा बढी राजस्व संकलन भएको छ ।

जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको फरार प्रतिवादी नियन्त्रण अभियानअन्तर्गत सो आवमा ६ करोड ६६ लाख रुपैयाँ राजस्व तथा जरिवानाबाट असुल भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

फैसला कार्यान्वयनमा फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने क्रममा प्रहरीले १४५ प्रतिवादीलाई नियन्त्रणमा लिँदा १९३ वर्ष ६ महिना ६ दिन कैद भुक्तानी भएको छ भने राजस्व तथा जरिवानाबाट ६ करोड ६६ लाख ३० हजार ९९१ रुपैयाँ असुल भएको हो ।