• Menu

नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै

नेपाल प्रफिट

२०८१ असार ३१, ०९:५९

नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद विस्तार गर्ने र नवनियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम छ ।

राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले)को समर्थनमा नेकपा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री  नियुक्त गरा थिए ।

प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको असार १७ गते भएको सहमतिका आधारमा ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रपति पौडेलले शुक्रबार प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मका लागि समय दिएका थिए ।