• Menu

नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान, शीतल निवास जाँदै कांग्रेस-एमाले नेता

नेपाल प्रफिट

२०८१ असार २८, शुक्रबार २१:३१

नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान, शीतल निवास जाँदै कांग्रेस-एमाले नेता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न आइतबार ५ बजेसम्मको समय दिएका हुन् ।

संसद्का दुई ठूला दलबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ ।

सहमतिअनुसार नै कांग्रेस र एमालेले दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने भएका छन् ।

एमाले र कांग्रेसका नेताहरू नयाँ सरकार गठनका लागि दाबी पेस गर्न अहिले राष्ट्रपति भवन शीतल निवास जाँदैछन् ।