• Menu

ढल्यो प्रचण्ड सरकार, पक्षमा ६३ र विपक्षमा १९४ मत

नेपाल प्रफिट

२०८१ असार २८, शुक्रबार १७:३८

ढल्यो प्रचण्ड सरकार, पक्षमा ६३ र विपक्षमा १९४ मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार १९ महिनापछि ढलेको छ । शुक्रबार पाँचौं पटक प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदा १९४ सांसदले विपक्षमा मतदान गरेका हुन् ।

विश्वासको मतको मत विभाजनको बैठकमा २५८ उपस्थित रहेकोमा प्रधानमन्त्रीको प्रस्तावको पक्षमा उनकै दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका ६३ सांसदले मात्र मतदान गरे । दिन्न भन्नेमा एक मत पर्‍यो ।

२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ मत आवश्यक पर्नेमा १९४ ले विपक्षमा मतदान गरेका हुन् ।

असार १७ गते मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सत्ता समीकरण गरेपछि प्रचण्ड सरकार धरापमा परेको थियो । सत्तारुढ दल एमालले साथ छाडेपछि उनले विश्वासको मत लिएका हुन् ।

प्रचण्ड सरकार ढलेसँगै कांग्रेस र एमालेले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनेछन् । एमाले सचिव योगेश भट्टराईले आजै नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने जानकारी दिए ।

प्रचण्ड २०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।