• Menu

रास्वपा महामन्त्री मुखमा कालो टेप लगाएर बैठकमा सहभागी, भन्छन्- रास्वपा ‘रविको होइन, सबैको पार्टी’ बनाऊँ

नेपाल प्रफिट

२०८१ असार १९, बुधबार १२:२३

रास्वपा महामन्त्री मुखमा कालो टेप लगाएर बैठकमा सहभागी, भन्छन्- रास्वपा ‘रविको होइन, सबैको पार्टी’ बनाऊँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ नभएको विरोधमा मुखमा कालो टेप लगाएका हुन् ।

महामन्त्री एवं प्रवक्ता ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि केन्द्रीय समितिको बैठकमा छलफल गर्ने एजेन्डा छ । उनले पार्टी सञ्चालनको अहिलेको शैली परिवर्तन नगरे २०८४ सालसम्ममा रास्वपा सकिने चेतावनीयुक्त प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका छन् ।

प्रतिवेदनमा पार्टीलाई ‘रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने’ उल्लेख छ । उनले पार्टी ‘रवि लामिछानेको मात्रै’ नभएको बताएका छन् । तर, सभापति लामिछानेले ढकाललाई प्रस्ताव अघि पेस गर्न दिएका छैन । अहिले केहीबेरका लागि बैठक स्थगत भएको छ ।