• Menu

नयाँ सत्ता समीकरणमाथि बालेनको टिप्पणी- ‘यो समय गिरिबन्धु चियाको हो, काले-काले मिलेर खाउँ भाले’

नेपाल प्रफिट

२०८१ असार १८, १३:३९

नयाँ सत्ता समीकरणमाथि बालेनको टिप्पणी- ‘यो समय गिरिबन्धु चियाको हो, काले-काले मिलेर खाउँ भाले’

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेस र नेकपा एमालेबीचको नयाँ सत्ता समीकरणमाथि कटाक्ष गरेका छन् ।

एमाले र कांग्रेसबीच नयाँ सत्ता समीकरण बनाउने सोमबार रातिको समझदारी बाहिरिएपछि प्रमुख शाहले सामाजिक सञ्जालमा कटाक्ष गरेका हुन् ।

साहले फेसबुकमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सँगै बसेर चिया पिइरहेको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले-काले मिलेर खाउँ भाले ।’