• Menu

एसईई पुरक परीक्षा साउन २३ देखि, कुन विषयको परीक्षा कहिले ?

नेपाल प्रफिट

२०८१ असार १८, ०८:५३

एसईई पुरक परीक्षा साउन २३ देखि, कुन विषयको परीक्षा कहिले ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षाका लागि तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले साउन २३ देखि ३१ सम्म हुने गरी तालिका सार्वजनिक गरेको हो ।

परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) भएका विद्यार्थीका लागि पुरक परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ ।

पुरक परीक्षाका लागि अनलाइनबाटै आवेदन दिन सकिन्छ । त्यसका लागि बोर्डको वेबसाइट www.see.gov.np बाट फाराम डाउललोड गर्नुपर्नेछ । पूरक परीक्षाका लागि विद्यार्थीले ५ सय रुपैयाँ बुझाउनुपर्ने बोर्डले जनाएको छ ।

बोर्डले एसईई परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको थियो । जसअनुसार यो वर्ष ४७.८६ प्रतिशत विद्यार्थी पास भएका छन् ।