काठमाडौं । नेपाली कांग्रेससँगको सत्ता समीकरणबारे छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे बस्ने छ ।
नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेकपा एमालेले कांग्रेससँग सत्ता साझेदारी गर्ने भएको छ ।
सोमबार मध्यरात दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्नेलगायतका विषयमा समझदारी गरेका छन् । समझदारी पत्र भने सार्वजनिक भएको छैन ।
बदलिँदो राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेसले पनि आजैका लागि पदाधिकारी बैठक बोलाएको छ भने रास्वपाले सचिवालय बैठक बोलाएको छ ।
नयाँ समझदारीअनुसार एमाले अध्यक्ष केपी ओली दुई वर्ष र देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्नेछन् । संविधानको धारा ७६.२ अन्तर्गतकै सरकार बनाउने उनीहरुको तयारी छ ।