• Menu

एसईईको नतिजा सार्वजनिक, १८६ जनाले ल्याए ४ जीपीए

नेपाल प्रफिट

२०८१ असार १३, ०९:१८

एसईईको नतिजा सार्वजनिक, १८६ जनाले ल्याए ४ जीपीए

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहीबेरअघि एसईईको नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । यसको अर्थ २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना हुन पाउने भएका हुन् ।

१८६ जनाले ४ जीपीए ल्याएका छन् । परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो ।

यस वर्षको एसईई चैत १५ देखि २७ सम्म भएको थियो ।