• Menu

एसईईको नतिजा भोलि

नेपाल प्रफिट

२०८१ असार १२, बुधबार १७:२१

एसईईको नतिजा भोलि

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि बिहीबार बिहान प्रकाशन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । निर्देशिकमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

सैद्धान्तिकतर्फ हरेक विषयमा विद्यार्थीले न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । सैद्धान्तिक परीक्षा ७५ अंकको हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्ने हुन्छ । त्यस्तै आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा ने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्ने हुन्छ ।

चैत १५ देखि २७ सम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए ।