काठमाडौं । सरकारले स्थानीय तहको वित्तीय समानीकरण अनुदानबापतको बाँकी रकम पठाउने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८०/८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी रकम पठाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएकोमा त्यसमध्येको ९३ प्रतिशत अर्थात् १६ अर्ब ७९ करोड २२ लाख रुपैयाँ हस्तान्तरण गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिइन् ।