• Menu

खुम्चियो वैदेशिक व्यापार : १० महिनामा जम्मा सवा खर्बको निर्यात, १३ खर्बको आयात

नेपाल प्रफिट

२०८१ जेठ ७, १५:१२

खुम्चियो वैदेशिक व्यापार : १० महिनामा जम्मा सवा खर्बको निर्यात, १३ खर्बको आयात

काठमाडौं । वैदेशिक व्यापार झन् खुम्चिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि वैशाखसम्मको १० महिनामा वैदेशिक व्यापार २.५ प्रतिशतले घटेको हो ।

चालु आवको १० महिनामा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोही अवधिमा १४ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँको वैदेशिक व्यापार भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

गत वर्षको १० महिनामा १३ खर्ब ३५ अर्बको आयात तथा १ खर्ब ३० अर्बको निर्यात भएको थियो । चालु आवको सोही अवधिमा १३ खर्ब ३ अर्बको आयात तथा १ अर्ब २६ अर्बको निर्यात भएको छ ।

समीक्षा अवधिमा आयात व्यापार २.३९ प्रतिशत र निर्यात व्यापार ३.६१ प्रतिशतले घटेको छ । कुल वैदेशिक व्यापारमा आयात हिस्सा ९१.१७ प्रतिशत छ भने निर्यात हिस्सा ८.८३ प्रतिशत छ । वैदेशिक व्यापारमा आयात हिस्सा बढ्दै जाँदा निर्यात हिस्सा भने घट्दै गएको छ ।