• Menu

नवलपुरमा १० महिनामा करिब २१ अर्ब राजस्व संकलन

नेपाल प्रफिट

२०८१ जेठ ४, शुक्रबार ०८:५१

नवलपुरमा १० महिनामा करिब २१ अर्ब राजस्व संकलन

नवलपुर । नवलपुरमा चालु आर्थिक वर्षको १० महिनामा करिब २१ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका संघीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयले १० महिनाको अवधिमा २० अर्ब ९५ करोड ८७ लाख ६४ हजार ४५० रुपैयाँ राजस्व संकलन गरेका हुन् ।

कार्यालयका सूचना अधिकारी कोष नियन्त्रक जितनारायण महतोले जिल्लामा संकलन भएको राजस्वमध्ये संघीय सरकारलाई जाने राजस्वतर्फ २० अर्ब ५० करोड ६९ लाख ५५ हजार ७७९ एवं गण्डकी प्रदेश सरकारको खातामा दाखिला हुने ४५ करोड १८ लाख आठ हजार ६७९ रुपैयाँ संकलन भएको जानकारी दिए ।

आन्तरिक राजस्व कार्यालय कावासोतीले २० अर्ब ३३ करोड ८० लाख ९७ हजार ७३२ रुपैयाँ राजस्व संकलन गरेको छ । यसैगरी, संघीय सरकारलाई जाने राजस्वतर्फ जिल्ला प्रशासन कार्यालयले आठ करोड ३९ लाख ५१ हजार १२०, ट्राफिक प्रहरी कार्यालयले दुई करोड ४२ लाख एक हजार ७११, जिल्ला अदालतले एक करोड ५७ लाख ७७ हजार ७९९ र त्रिवेणी भन्सार कार्यालयले एक करोड ५८ लाख ५१ हजार ६४७ रुपैयाँ राजस्व संकलन गरेका महतोले बताए ।

जिल्लास्थित गण्डकी प्रदेश सरकार मातहतका कार्यालयमध्ये यस वर्षको वैशाख मसान्तसम्ममा यातायात व्यवस्था कार्यालयले २५ करोड ६९ लाख ३९ हजार २२७, मालपोत कार्यालयले १२ करोड ९१ लाख ६१ हजार ६२७ र  डिभिजन वन कार्यालयले चार करोड ५२ लाख ८१ हजार ८५४ रुपैयाँ राजस्व संकलन गरेका छन् ।