काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको आज बिहीबारको बैठक स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आ-आफ्नो आसनबाट उठेपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक भोलि शुक्रबार दिउँसो १:१५ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर राष्ट्रियसभा बैठक अवरोध गर्दै आएको छ ।