• Menu

सत्तारुढ एकीकृत समाजवादीले भन्यो- सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउनुपर्छ र दोषीलाई कारबाही गर्नुपर्छ

नेपाल प्रफिट

२०८१ जेठ ३, १२:१२

सत्तारुढ एकीकृत समाजवादीले भन्यो- सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउनुपर्छ र दोषीलाई कारबाही गर्नुपर्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन माग गरेको छ । ललितपुरको बालकुमारीमा बसेको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्नुपर्ने बताए ।

सहकारी संस्थाले अधिकारको दुरुपयोग गरेको बैठकको निष्कर्ष उनले सुनाएका छन् । सहकारी ठगीमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ,’ निर्णयबारे जानकारी गराउने क्रममा उनले भने, ‘यो बैठक समग्र समस्या समाधानका लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दछ ।’

कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनराशि दुरुपयोग गरेको र आर्थिक तथा वित्तीय अपराध गरेका दु:खद घटना सार्वजनिक भइरहेकोमा बैठकमा गहन छलफल भएको उनले बताए ।