• Menu

पाल्पाको निस्दीमा जिप दुर्घटना, दुई जनाको मृत्यु, १३ जना घाइते

नेपाल प्रफिट

२०८१ जेठ ३, ०९:५६

पाल्पाको निस्दीमा जिप दुर्घटना, दुई जनाको मृत्यु, १३ जना घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडा स्थित भित्री सडकमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा ७ वर्षीय सुनारी र १६ वर्षीय सोमैको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल कावासोती नगरपालिका डण्डा (नवलपरासी पूर्व) मा गए राति मृत्यु भएको  हो । दुर्घटनामा  घाइते भएका १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बुधबार साँझ नवलपरासी (बर्दघाट सुस्तापूर्व) अरुणखोलाबाट पाल्पा निस्दी गाउँपालिका–३ खादरतर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घनाग्रस्त जिपमा चालकसहित १५ जना सवार थिए ।