• Menu

काठमाडौंको बत्तीसपुतलीमा युवा समूहबीच झडप, एक जनाको मृत्यु, चार पक्राउ

नेपाल प्रफिट

२०८१ वैशाख ३०, ११:४९

काठमाडौंको बत्तीसपुतलीमा युवा समूहबीच झडप, एक जनाको मृत्यु, चार पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका-९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

‘गए राति दुई समूहबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ उनले भने ।

धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा परीक्षणका लागि राखिएको छ ।