काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् । उनको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भएको छ ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गरी डा. नेपालले दिएको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको जानकारी दिएकी हुन् ।
‘राष्ट्रपतिज्यू समक्ष आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालले दिनुभएको राजीनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध अभिव्यक्ति दिएपछि डा. नेपाल विवादमा तानिएका थिए ।