• Menu

कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागमा १० सदस्य मनोनयन

नेपाल प्रफिट

२०८१ वैशाख २४, १६:५५

कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागमा १० सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागमा १० सदस्य मनोनयन भएका छन् ।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका हुन् ।

फूलकुमार लालवाणी (मोरङ), मनोहरि तिवारी (काठमाडौँ), पद्मबहादुर रावल (मुगु), प्रेमलाल महर्जन (ललितपुर), देविका नेपाली (दाङ), किरण भगत (सप्तरी), महेन्द्र काफ्ले (तेह्रथुम), निर्मला सुवेदी (रौतहट),  तपेन्द्रबहादुर शाह (अछाम) र माधव तिमिल्सिना (काठमाडौँ) चयन भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभागको प्रमुख केन्द्रीय सदस्य गुरू बराल छन् ।