• Menu

काभ्रेका वनमा आगो लगाएको आरोपमा पाँच जना पक्राउ

नेपाल प्रफिट

२०८१ वैशाख २३, आइतबार ०९:४६

काभ्रेका वनमा आगो लगाएको आरोपमा पाँच जना पक्राउ

काभ्रे । जंगलमा आगो लगाएको आरोपमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

पाँचखाल नगरपालिका–५  रातमाटे सामुदायिक वनमा आगो झोसेको आरोपमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार प्रकाउ परेका छन् ।

त्यस्तै नमोबुद्ध नगरपालिका–१ को कासकोट सामुदायिक वनमा आगो लगाएको आरोपमा ८० वर्षीया आइतीमाया तामाङ र चौँरीदेउराली गाउँपालिका–६ को आरुबोट सामुदायिक वनमा आगो लगाएको आशंकामा सोही वडाका ४९ वर्षीय लालकुमार सेन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका पाँचमध्ये नमोबुद्ध–१ की तामाङलाई छाडिएको र अन्यलाई मुद्दा चलाइएको उनले जानकारी दिए ।

डढेलो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न ठाउँमा धनमालको क्षति भएको छ । रोशी गाउँपालिका–४ सानोपोटा गाउँका १५ घर नष्ट हुँदा दुई करोड २६ लाख ३० हजारबराबरको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्