• Menu

गण्डकीमा पाँचौँ पटक मन्त्री बन्दै दीपक मनाङे

नेपाल प्रफिट

२०८० चैत २५, २२:४०

गण्डकीमा पाँचौँ पटक मन्त्री बन्दै दीपक मनाङे

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएसँगै फेरि राजीव गुरूङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री अधिकारीले आफूसँगै दुई मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन् । उनले नेकपा माओवादी केन्द्र र राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।

चैत ५ सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री बनेका मनाङे सरकार परिवर्तनसँगै पुनः मन्त्री बन्न लागेका हुन् । माओवादीबाट भने हालसम्म टुंगो नलागेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए । दीपक मनाङे पाँचौँ पटक मन्त्री बन्न लागेका हुन् ।