काठमाडौं । नेपालले भारतमा आयोजित एसएमएस फ्रेन्डसिप कप क्रिकेटको उपाधि जितेको छ। नेपालले आइतबार भएको फाइनलमा गुजरातलाई १८ रनले पराजित गर्यो।
एक सय ७७ रनको लक्ष्य पाएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५८ रन मात्र जोड्न सक्यो।
नेपालका अविनाश बोहराले ३ र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। प्रतियोगितामा नेपाल तथा भारतको बारोडा र गुजरात टोली सहभागी थिए ।