• Menu

बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

नेपाल प्रफिट

२०८० चैत २३, शुक्रबार १०:०८

बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

बैतडी । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से २ त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका–८ झौलेक मोडमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । परिचय नखुलेका ट्र्याक्टर चालक र त्यसमा सवार राजेश चौधरी रहेको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्