• Menu

राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित

नेपाल प्रफिट

२०८० फागुन २९, १४:५७

राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् ।

मंगलबार भएको राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल विजयी भएका हुन् ।

दाहाललाई नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र जसपाको पनि समर्थन थियो । उनी राष्ट्रपतिबाट मनोनीत सदस्य हुन् ।

राष्ट्रिय सभामा माओवादीका १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ सांसदले दाहाललाई भोट हालेका छन् । शर्मालाई कांग्रेसको १६ र लोसपाको १ गरी १७ मत प्राप्त भयो । कुल ५६ भोट खसेको थियो ।