कैलाली । कैलालीको चिसापानीस्थित कर्णाली पुलमाथि गुडिरहेको ट्रकमा आगो लागेको छ । बर्दियाबाट पश्चिमतर्फ गइरहेको ट्रकमा आगलागी भएको हो ।
ट्रकबाट आगो पुलमा समेत सल्किएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (डीएसपी) कुलदीप चन्दले लाइटर बोकेको ट्रकमा आगलागी भएको बताए ।
अहिले प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् । आगो निभाउन लम्कीचुहा नगरपालिकाको दमकल पनि बोलाइएको छ ।