• Menu

मन्त्रिपरिषदको चौथो वरीयतामा रवि लामिछाने, उपेन्द्र यादव पाँचौं

नेपाल प्रफिट

२०८० फागुन २७, १३:२८

मन्त्रिपरिषदको चौथो वरीयतामा रवि लामिछाने, उपेन्द्र यादव पाँचौं

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मन्त्रिपरिषदको चौथो वरीयतामा परेका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेभन्दा पछाडि परेका छन् ।

यसअघि शपथ लिएका नेकपा एमालेका रघुवीर महासेठ दोस्रो, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछाने चौथो वरीयतामा छन् । उनीहरुले बुधबार शपथ लिएका थिए ।

महासेठले भौतिक पूर्वाधार तथा यातायात, श्रेष्ठले परराष्ट्र र लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

यादवले आइतबार पद तथा गोपनीयकताको शपथ ग्रहण गरेपछि वरीयता क्रम मिलाइएको हो । यादवले शपथ लिएसँगै नवगठित मन्त्रिपरिषदमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ ।

उपप्रधानमन्त्रीहरुको वरीयतामा भने लामिछने तेस्रो र यादव चौथो स्थानमा छन् । उपप्रधानमन्त्रीहरुको वरीयता संसदमा प्रतिनिधित्वका आधारमा निर्धारण गरिएको हो ।

जसपाबाट यादव र नवलकिशोर साह सरकारमा गएका छन् । साहले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनले पनि आइतबार नै शपथ लिएका छन् ।

(यसअघि असावधानीवस त्रुटी भएकाले सच्याइएको छ । – सम्पादक)