• Menu

लमही बजार चोकका १० स्थानमा होर्डिङ बोर्ड स्थापना

नेपाल प्रफिट

२०८० फागुन २७, आइतबार ११:५९

लमही बजार चोकका १० स्थानमा होर्डिङ बोर्ड स्थापना

दाङ । देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ र लमही चेम्बर अफ कमर्सले लमही बजार क्षेत्रमा होडिङ बोर्ड लगाएका छन् । लमही बजार क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यले बजार क्षेत्रका १० ठाउँमा नामांकित होर्डिङ बोर्ड राखिएको हो ।

लमही गल्ली, पीसीओ रोड, साहामार्ग, बैंक रोड, लमही बसपार्क, कान्छीरोड र गढवा ७ किलोमिटर भनेर बोर्ड स्थापना गरिएको छ । त्यस्तै बजार क्षेत्र भनेर ३ वडा बोर्ड राखिएको दाङ चेम्बरले जनाएको छ ।

बोर्ड स्थापना कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का अध्यक्ष ओमप्रसाद सुवेदीले लमही बजारलाई व्यवस्थित गर्न सम्पूर्ण संघसंस्थासँग समन्वयका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । ‘बजार हामी सबैको हो, यसलाई व्यवस्थित गर्नु हामी सबैको दायित्व हो, यसमा सबैको हातेमालो आवश्यक छ,’ उनले भने ।

त्यस्तै लमही चेम्बर अफ कमर्सका अध्यक्ष शीतल भुसालले बाहिरी क्षेत्रबाट बजार क्षेत्रमा प्रवेश गरेका आमनागरिक अलमलमा नपरुन् भन्नाका लागि बोर्ड राखिएको बताए । ‘अहिले बजारको अवस्था खस्किँदो छ, बजारलाई चलायमान बनाउन रचनात्मक ढंगले अगाडि बढ्न आवश्यक छ,’ उनले भने ।

त्यसतै देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष जागेश्वर बस्यालले पहिले बजार हिँड्ने बटुवा र किनमेल गर्न आएका उपभोक्तालाई म कुन चोकमा छु भन्ने अलमल हुने समस्या देखापरेकाले बोर्ड राखिएको बताए । बोर्डले केही सहज हुने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्