• Menu

महिला उद्यमीलाई विद्युतीय सवारी किन्न महालक्ष्मी विकास बैंकको सहयोग

नेपाल प्रफिट

२०८० फागुन २५, शुक्रबार २२:०२

महिला उद्यमीलाई विद्युतीय सवारी किन्न महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीलाई विद्युतीय सवारी किन्न सहयोग गर्ने भएको छ । महालक्ष्मीले स्वच्छ ऊर्जामा महिला उद्यमीको पहुँच अभिवृद्धि गरी दिगो लक्ष्य प्राप्त गर्न नयाँ पहल सुरु गरेको हो ।

बैंकले आलय प्रालि र रायन इनर्जी प्रालिसँगको सहकार्यमा स्वच्छ ऊर्जामा महिला उद्यमीको पहुँच बढाउने योजना अघि सारेको छ । सम्झौताअनुसार कम्पनीले काभ्रेका लघु उद्यमी महिलालाई विद्युतीय सवारी साधन खरिदका लागि वित्तीय सहयोग प्रदान गर्नेछ ।

आधिकारिक विक्रेता तथा निर्माता रायनले सुरक्षित तथा वातावरण अनुकूल विद्युतीय सवारी साधन आपूर्ति गर्ने जनाइएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर गरिएको सहकार्यले हरित अर्थतन्त्रको प्रवर्धन र लैंगिक समानता हासिल गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्