पोखरा । केन्द्रमा गठबन्धन भत्किएपछि त्यसको असर प्रदेश सरकारमा पनि परेको छ । केन्द्रमा नेपाली कांगेससँगको सहकार्य तोड्दै माओवादी केन्द्रले नेकपा एमालेलगायतका दलसँग गठबन्धन गरेपछि प्रदेश सरकारहरुमा विचलन आएको छ ।
एमाले र माओवादीबीच प्रदेश सरकारहरु पनि आफूअनुकूल बनाउने सहमति भइसकेको छ । यही बीचमा गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्तीमा परेका छन् ।
कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले सामाजिक विकासमन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेशमबहादुर जुग्जालीलाई हटाएका हुन् । सिम्खडा वैशाख १५ र जुग्जाली वैशाख २९ गते मन्त्री नियुक्त भएका थिए ।