• Menu

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा सन्तोष प्रसाईं नियुक्त

नेपाल प्रफिट

२०८० फागुन १८, शुक्रबार १७:५३

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा सन्तोष प्रसाईं नियुक्त

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाईं नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले प्रसाईंलाई सीईओ नियुक्त गरेको हो ।

प्रसाईं नियामक नेपाल बिमा प्राधिकरणबाट बीमा क्षेत्रमा प्रवेश गरेका हुन् । उनले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र तत्कालीन प्रभु लाइफ इन्स्योरेन्सको पनि नेतृत्व गरिसकेका छन् ।

तत्कालीन प्रभु लाइफमा सीईओको रुपमा कार्यरत रहेका बेला महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग मर्ज भएपछि बनेको प्रभु महालक्ष्मीमा उनी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका प्रसाईंको कार्यकाल ४ वर्षको हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्