• Menu

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस मध्यराति दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते

नेपाल प्रफिट

२०८० फागुन ३, ०९:४०

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस मध्यराति दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते

भैरहवा ।  कपिलवस्तुको शिवराज नगरपालिकामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सु प प्र ०२-००१ ख ००९८ नम्बरको बस शिवराज नगरपालिका-१ सुरही पुलनजिकै दुर्घटना भएको हो । सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार घाइते ३० मध्ये ९ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अरु घाइतेको चन्द्रौटामै उपचार भइरहेको छ ।

यसअघि मंगलबार साँझ पनि पाल्पाको मस्याममा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । १३ जनामात्र चढ्न मिल्ने जिपमा २६ जना चढेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।