• Menu

माछापुच्छ्रे बैंकद्वारा डिल्लीबजार कन्या क्याम्पसलाई मल्टिमिडिया प्रोजेक्टर प्रदान

नेपाल प्रफिट

२०८० फागुन १, मंगलबार २०:१६

माछापुच्छ्रे बैंकद्वारा डिल्लीबजार कन्या क्याम्पसलाई मल्टिमिडिया प्रोजेक्टर प्रदान

काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर प्रदान गरेको छ ।

क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायव महाप्रबन्धक प्रसिद्धराज अर्यालले क्याम्पसको व्यवस्थापन समितिलाई प्रोजेक्टर हस्तान्तरण गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत क्याम्पसमा अध्ययनरत छात्राहरूको पढाइ र सिकाइ क्षमता अभिवृद्धि गरी गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि क्याम्पसलाई प्रोजेक्टर प्रदान गरेको जनाएको छ ।

बैंकले बैंकिङ सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघसंस्थासँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकासलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, ११९ शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्