• Menu

कुमारी बैंकको अध्यक्षमा अमिरप्रताप जबरा निर्वाचित

नेपाल प्रफिट

२०८० फागुन १, मंगलबार ११:५२

कुमारी बैंकको अध्यक्षमा अमिरप्रताप जबरा निर्वाचित

काठमाडौं । कुमारी बैंकको सञ्चालक समिति अध्यक्षमा अमिरप्रताप जबरा निर्वाचित भएका छन् । मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले राणालाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।

कुमारी बैंकको माघ २८ मा सम्पन्न तेइसौं वार्षिक साधारण सभामार्फत संस्थापक सेयरधनी समूहबाट अमिरप्रताप जबरा, कर्मचारी सञ्चय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ र पशुपति मुरारका सञ्चालक निर्वाचित भएका थिए ।

त्यस्तै सर्वसाधारण सेयरधनी समूहबाट महेशप्रसाद पोखरेल र राजाराम खड्का तथा सर्वसाधारण सेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल सञ्चालक निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्