• Menu

नेपाल व्यवस्थापन संघको अध्यक्षमा मोहनराज ओझा चयन

नेपाल प्रफिट

२०८० माघ २७, शनिबार ०९:५२

नेपाल व्यवस्थापन संघको अध्यक्षमा मोहनराज ओझा चयन

काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)को अध्यक्षमा मोहनराज ओझा निर्वाचित भएका छन् । शुक्रबार राजधानीमा भएको म्यान साधारण सभाले ग्रोथ सेलर्स प्रालिका संस्थापक ओझाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सु्मन पोखरेल र द्वितीय उपाध्यक्षमा मास्रेक बैंकका आवासीय प्रतिनिधि हेमा अधिकारी चयन भएको म्यानले जनाएको छ ।

त्यस्तै महासचिवमा प्राज्ञ इन्द्र श्रेष्ठ र कोषाध्यक्षमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी चयन भएका छन् । सदस्यहरुमा कृषि विकास बैंकका धर्मानन्द अवस्थी, इसिमोडका अनु जोशी श्रेष्ठ, कृष्णप्रसाद आचार्य, किशोर ढुंगाना, मधु पौडेल र जितेन्द्र धिताल चयन भएका छन् ।

बिमा प्राधिकरणका सूर्यप्रसाद सिलवाल, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका चंकी श्रेष्ठ, नेपाल एसबीआई बैंकका डेपुटी कार्यकारी अधिकृत राजेशकुमार पन्डा, नर्भिक इन्टरनेसनल हस्पिटलका अजयकुमार मिश्र र कान्तिपुर पब्लिकेसनका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर पनि सदस्य चयन भएका छन् ।

यसअघि म्यानको अध्यक्ष उपेन्द्र पौडेल थिए । यस वर्षको म्यानेजमेन्ट अफ द इयर अवार्ड नेपाल उद्योग वाणिज्य महासंघका महाप्रबन्धक गोकर्ण अवस्थीले प्राप्त गरेका छन् भने वुमन म्यानेर रिकग्निसन अवार्ड आरती चटौतले पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्