• Menu

महालक्ष्मी विकास बैंकको सीईओमा दिपेश लम्साल नियुक्त

नेपाल प्रफिट

२०८० माघ २४, बुधबार १७:४४

महालक्ष्मी विकास बैंकको सीईओमा दिपेश लम्साल नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको माघ २३ गते बसेको बैठकले लम्साललाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

तत्कालीन सीईओ बोधराज देवकोटाले राजीनामा दिएपछि लम्सालले कामु सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्