• Menu

चार अंकले बढेको बजारमा चार कम्पनीकै सेयर मूल्यमा १० प्रतिशत वृद्धि

नेपाल प्रफिट

२०८० माघ २४, बुधबार १५:१५

चार अंकले बढेको बजारमा चार कम्पनीकै सेयर मूल्यमा १० प्रतिशत वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ४ अंकले बढ्दा ४ कम्पनीकै सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

नेप्से परिसूचक बुधबार ४.९२ अंकले बढेर २०९०.६४ अंकमा पुग्दा गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर र इस्टर्न हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

समान १० प्रतिशतले बढ्दा गुराँसको सेयर मूल्य १०७५.८, समाजको ८३९.३, बुद्धभूमिको ४३५.६ र इस्टर्नको ४७०.८ रुपैयाँ प्रतिकित्ता पुगेको छ । एसियन हाइड्रोपावरको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

वित्त, उत्पादनमूलक, लघुवित्त, निर्जीवन बिमा, अन्य र व्यापारबाहेकका समूह बढेको बजारमा १६८ कम्पनीका लगानीकर्ताले कमाउँदा ६८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकममा भने आज पनि खासै उत्साह आउन सकेन । बुधबार ३१३ कम्पनीको २ अर्ब ८४ करोड २५ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको हो । यो कारोबार रकम मंगलबारको तुलनामा भने सामान्य धेरै हो ।

मंगलबार २ अर्ब ५६ करोड ६६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक २४ करोड ८२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्