• Menu

रवि लामिछानेको प्रश्न‑ सबै थाहा रहेछ त नगरेको चाहिँ किन ? कसले रोक्यो ?

नेपाल प्रफिट

२०८० माघ २४, बुधबार १३:१८

रवि लामिछानेको प्रश्न‑ सबै थाहा रहेछ त नगरेको चाहिँ किन ? कसले रोक्यो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले पुराना दल र सरकारमा बसिसकेका दलका नेताहरुलाई सबै थाहा भएर पनि काम गर्न कसले रोकेको रहेछ भन्दै प्रश्न गरेका छन् ।

‘विशेष गरेर सत्तारुढ दलका नेताहरुको कुरा सुनियो, थाहा नभएको केही पनि पाइएन, सबै थाहा रहेछ,’ संसद बैठकमा बुधबार उनले भने, ‘कहाँ बेथिति रहेछ, कहाँ सुधार गर्नुपर्ने रहेछ, के गर्‍यो भने उपलब्धि हासिल हुने रहेछ, सबै थाहा रहेछ, मेरो प्रश्न नगरेको चाहिँ किन ?’

जब इतिवृत्ति थाहा छ भने नगरेको चाहिँ किन, कसले रोक्यो भन्दै उनले प्रश्न गरे । ‘के नयाँ दलले रोकेको हो ?’ लामिछानेले भने ।

वर्षौंदेखि चलिआएको सांसदलाई घोच्नेपेच्ने थलो बनाउनुभन्दा अलि फरक तरिकाले जाऊँ भन्ने प्रस्तावसहित संसदमा उपस्थित भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्