काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत मीनबहादुर भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत भट्टराईले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो ।
अभियुक्त भट्टराईउपर बिगो चार करोड ४० लाख १५ हजार ९२९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौँमा आरोपत्र दायर गरेको छ ।