• Menu

इमेज बचत सहकारीका कोषाध्यक्ष सुनार पक्राउ

नेपाल प्रफिट

२०८० माघ १२, शुक्रबार १३:५७

इमेज बचत सहकारीका कोषाध्यक्ष सुनार पक्राउ

काठमाडौं । नेपाल प्रहरीले बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेकी कोषाध्यक्ष २७ वर्षीया सुनारलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पीडितको निवेदनका आधारमा सुनारलाई ललितपुर महानगरपालिका-३ धोबिघाटबाट पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले सहकारी ऐन २०७४ अन्तर्गतको कसुरमा सुनारलाई पक्राउ गरेको जनाएको छ । सुनारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ बुझाइएको छ ।

सहकारीको रकम हिनामिनाको आरोपमा सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित आठ जनालाई प्रतिवादी बनाइएको छ ।