• Menu

नेप्से ३१ अंकले घट्दा पनि ३६ कम्पनीको सेयर मूल्यमा वृद्धि

नेपाल प्रफिट

२०८० माघ ८, सोमबार १६:५२

नेप्से ३१ अंकले घट्दा पनि ३६ कम्पनीको सेयर मूल्यमा वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सोमबार ३१ अंकले घट्दा पनि ३६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । बजार ३१.४९ अंकले घटेर २१३०.१८ अंकबाट २०९८.६९ अंकमा झर्दा पनि ३६ कम्पनीको सेयर मूल्य भने बढेको हो ।

सबैभन्दा धेरै अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५५२ रुपैयाँ पुगेको छ । त्यस्तै मिड सोलुको ९.४६ प्रतिशत बढेर ६१३ रुपैयाँ र आशा लघुवित्तको ६.६९ प्रतिशत बढेर प्रतिकित्ता ७५० रुपैयाँ पुगेको छ ।

धेरै मूल्य बढ्ने पाँच कम्पनीमा ङादी ग्रुप पावर र मैलुङ खोला जलविद्युत कम्पनी पनि परेका छन् ।

सोमबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ७८ करोड ६३ लाख ८३ हजार रुपैयाँबराबरको कारोबार भएको छ । त्यस्तै ङादी ग्रुपको ३१ करोड १ लाख ३० हजार, अपीको २४ करोड २७ लाख ३२ हजार, सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड २१ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १५ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्