• Menu

डा. भगवान कोइरालाको अस्पताललाई एनएमबि बैंकको २५ लाख सहयोग

नेपाल प्रफिट

२०८० पुस २२, आइतबार २१:१२

डा. भगवान कोइरालाको अस्पताललाई एनएमबि बैंकको २५ लाख सहयोग
एनएमबी बैंक

काठमाडौं । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच)लाई २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो रकम सहयोग गरेको हो ।

सहयोग रकमले अस्पतालमा बालमैत्री वार्ड निर्माण गर्न मद्दत पुग्नुका साथै बाल स्वास्थ्य सुधारमा सहयोग पुग्ने बैंकको विश्वास छ ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालाबीच सहमति आदनप्रदान भएको छ । यो सहकार्यले बैंक तथा अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुक्त प्रयास थप सशक्त हुने विश्वास गरिएको छ ।

एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्य गर्दै आएको जनाएको छ । बैंकले देशभरका २०१ शाखा, १७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्