• Menu

११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

नेपाल प्रफिट

२०८० पुस १, आइतबार २२:०३

११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजार परिसूचक २७.७५ अंकले उकालो लाग्दा आइतबार ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा अधिकांश जलविद्युत समूहका कम्पनी छन् ।

आइतबार हाथवे इन्भेस्टमेन्ट नेपाल, थ्री स्टार हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्ट, बोटलर्स नेपाल (बालाजु), भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, दोर्दीखोला जलविद्युत् कम्पनी, बलेफी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र रिडी पावर कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ ।

आइतबार १.३९ प्रतिशतले बढेसँगै नेप्से परिसूचक २०२२.३५ अंकमा उक्लिएको छ । आज २९५ कम्पनीको १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर १ लाख एक हजार १२८ पटक खरिद‑बिक्री हुँदा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

बैंकिङ समूहको उपसूचक ०.६७, म्युचुअल फन्डको ०.४२ र व्यापार समूह ०.२३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूह ५.५५ र लगानी समूह ३.१२ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्