• Menu

ज्योति विकास बैंकले दुईवटा स्वास्थ्य चौकीलाई दियो बेबी वार्मर

नेपाल प्रफिट

२०८० मंसिर २८, बिहीबार २०:४७

ज्योति विकास बैंकले दुईवटा स्वास्थ्य चौकीलाई दियो बेबी वार्मर

काठमाडौं । ज्योति विकास बैंकले नुवाकोटको खड्ग भञ्ज्याङ र सुर्खेतको जर्बुटा स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’को रकमबाट राष्ट्रिय आविष्कार केन्द्रले बनाएको बेबी वार्मर (न्यानो नानी) स्वास्थ्य चौकीलाई प्रदान गरेको हो ।

नवजात शिशु र विशेष गरी निरन्तर नर्सिङ सहयोग आवश्यक पर्ने गम्भीर बिरामी शिशु र चिसो वातावरणमा उपचार भइरहेका शिशुलाई अल्पतापबाट जोगाउन प्रयोग हुने उक्त बेबी वार्मर मेसिन बैंकको सुर्खेत शाखा र रातमाटे शाखा कार्यालयको पहलमा प्रदान गरिएको हो ।

जर्बुटा स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले स्वास्थ्य चौकीका हेल्थ असिष्टेन्ट अमर सुनार र वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ सुर्खेतका अध्यक्ष दिपेन्द्रराज कोइरालालाई बेबी वार्मर हस्तान्तरण गरेका छन् ।

बैंकले खुद नाफाबाट नेपालमा हाल सञ्चालित अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको जनाएको छ । ज्योति विकास बैंकले १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्