• Menu

एक करोड १५ लाख मूल्य पर्ने किया ईभी ६ नेपालमा, यस्ता छन् फिचर

नेपाल प्रफिट

२०८० मंसिर २५, सोमबार ०६:५१

एक करोड १५ लाख मूल्य पर्ने किया ईभी ६ नेपालमा, यस्ता छन् फिचर

काठमाडौं । युरोप र अमेरिकी बजारमा निकै राम्रो प्रतिक्रिया पाएको कियाको चर्चित क्रसओभर मोडल ईभी ६ नेपाल आइपुगेको छ । नाडा अटो सो २०२३ मै नेपाल आउने अपेक्षा गरिएको ईभी ६ मंसिरको तेस्रो सातामात्र नेपाल आएको हो ।

स्पोर्टस् डिजाइनमा तयार भएको ईभी ६ पर्फर्मेन्सको कारण निकै रुचाइएको ब्रान्डमा पर्न सफल भएको मानिन्छ । मंसिर अन्तिम साताबाट नेपालमा यसको बिक्री सुरु गर्ने तयारीमा विक्रेता कन्टिनेन्टल ट्रेडिङ रहेको छ । कम्पनीले यसको मूल्य १ करोड २५ लाख ९० हजार रुपैयाँ तोकेर यसअघि नै बुकिङ लिन थालिसकेको छ ।

हुन्डाई मोटर ग्रुपको ‘ईजीएमपी’ (इलेक्ट्रिक ग्लोबल मोडुलर प्लेटफर्म) मा बनेको यो क्रसओभर उत्कृष्ट पर्फर्मेन्स, फ्रिडम र भविष्य उन्मुख डिजाइनका लागि प्रसिद्ध छ । कियाले ईभी ६ लाई युवालक्षित डिजाइनमा ल्याएको छ । यसमा १९ इन्चको अलोय ह्विल, १२.३ इन्चको कर्भी ड्राइभर इन्फर्मेसन डिस्प्ले र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम जडान गरिएको छ ।

किया कनेक्ट (यूभीओ) फिचरमा उपलब्ध हुने ईभी ६ को नयाँ विशेषता भनेको यसबाट अर्को सवारी साधन पनि चार्ज गर्न सकिन्छ । त्यसका लागि ३.६ किलोवाटको चार्जर उपलब्ध छ । कारमा वायरलेस फोन चार्जर, एडप्टिभ ड्राइभिङ बिमसहितको ड्युल एलईडी हेडल्याम्प तथा चालक र अगाडिको प्यासेन्जरका लागि प्रिमियम रेग्जिनको सिट जस्ता फिचर रहेको कम्पनीले जनाएको छ ।

जीटी लाइन भेरियन्टमा ७७.४ किलोवाट आवरको ब्याट्री जडान गरिएको ईभी ६ ले एकपटकको फुलचार्जमा ५०५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । त्यस्तै ईभी ६ लाई १० देखि ८० प्रतिशत चार्ज गर्न १८ मिनेटमात्रै लाग्ने पनि कम्पनीले उल्लेख गरेको छ ।

कियाले ईभी ६ लाई उत्कृष्ट बनाउन अटोमेटिक डिफग सिस्टम, इलेक्ट्रिक पावर विन्डो, अटो डिमिङ रियर भ्यु मिरर, ड्युल जोन अटोमेटिक एसी, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, हिटेड सिट, हिटेड स्टेरिङ ह्विल, स्मार्ट क्रुज कन्ट्रोल, प्याडल सिफ्टर, फरक ड्राइभ मोड, टिल्ट र टेलिस्कोपिक एड्जस्टेबल स्टेरिङ ह्विल जस्ता फिचरहरु प्रदान गरेको छ ।

त्यस्तै सुरक्षाका लागि एबीएस, ड्राइभर एटेन्सन वार्निङ, इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, हाइवे ड्राइभ एसिस्ट, इन्टेलिजेन्ट स्पिड लिमिट, टायर प्रेसर मोनिटर, मल्टी कोलुजन ब्रेक एसिस्ट जस्ता उपयोगी फिचर पनि उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्