• Menu

काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई कामना सेवा विकास बैंकको सहयोग

नेपाल प्रफिट

२०८० मंसिर १७, आइतबार १९:०१

काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई कामना सेवा विकास बैंकको सहयोग

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई प्राविधिक सहयोग गरेको छ । बैंकले १७औं वर्ष प्रवेशका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल रुम सबलीकरणमा सहयोग गरेको हो ।

कन्ट्रोल रुमको सबलीकरण गरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापालाई बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्तान्तरण गरेका छन् । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक थापाले बैंकको सबलीकरणपश्चात कन्ट्रोल रुमको सेवा छिटो र छरितो हुन थालेको बताए ।

बैंकले १७औं वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी रुपमा १७ वटा कार्यक्रम गरेको छ । बैंकले शुक्रबारदेखि विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । बिहीबारसम्म कार्यक्रम हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्