• Menu

नेप्से ३८ अंकले बढ्दा १६५ कम्पनीका लगानीकर्ताले कमाए

नेपाल प्रफिट

२०८० पुस २, सोमबार २१:४८

नेप्से ३८ अंकले बढ्दा १६५ कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सोमबार ३८ अंकले बढ्दा १६५ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

नेप्से परिसूचक ३८.१४ अंकले उकालो लागेर २०६०.४९ अंकमा पुग्दा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ७ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।

बोटलर्स नेपाल, सूर्यज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त विकास बैंक, जीवन विकास लघुवित्त, बीपीडब्लू लघुवित्त वित्तीय संस्था र हाथवे इन्भेस्टमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता सेयर ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५५६ रुपैयाँमा कारोबार भएको छ । कारोबार भएकामध्ये हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको २६ करोड २६ लाख ७४ हजार ४७२ रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

त्यस्तै सोनापुर मिनरल्स २० करोड २८ लाख ४६ हजार, सोल्टी होटल १८ करोड ४३ लाख ४७ हजार, शिवम् सिमेन्ट १६ करोड ८३ लाख ९६ हजार र घोराही सिमेन्ट १४ करोड ३३ लाख २० हजार रुपैयाँबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्